काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा सहभागी नहुने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज हुन गइरहेको निर्वाचनमा नेता पौडेलले मतदान नगर्ने घोषणा गरेका हुन्।
पौडेलले मतदान नगर्ने निर्णय गरेको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पुष्टि गरेका छन्। निर्वाचनमा सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुदैछ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिएका पौडेलले मतदानमा नै सहभागी नहुने घोषणा गरेका हुन्।
पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवाले आफूलाई सहयोग गर्न पौडेललाई आग्रह समेत गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।
आज १३४ पदका लागि चुनाव हुँदैछ ।