काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न आज (सोमबार) निर्वाचन हुँदैछ । निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।
सभापतिदेखि केन्द्रीय सदस्य निर्वाचनमा भिड्न १३४ पदका लागि ४९१ जना मैदानमा उत्रिएका छन् । निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना केन्द्रीय समितिमा पुग्नेछन् ।
खुला सदस्यतर्फ ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना निर्वाचित हुनेछन् ।
सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उमेदवारी परेको छ । तर प्रदेश २ बाट केन्द्रीय सदस्यका २ कोटामा भने २ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध हुनेछन् ।
एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था छ । चुनावी मैदानमा रहेका ४९१ उम्मेदवार :