- काठमाडौं । नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ ।आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् ।
यस्तै गण्डकीको इन्चार्जमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।