• बैशाख ९ २०८२, मंगलवार

कांग्रेस १४ औं महाधिवेशन: बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु

मंसिर २६ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।

महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।