• फाल्गुन २८ २०८२, बिहीबार

महेश आचार्यको भोट माग्ने नँया तरिका

मंसिर २६ २०७८, आईतवार

नेपाली कांग्रेसका नेता तथा उपसभापति पदका उम्मेदवार महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन्।

आज महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा मतदान गर्न जाँदा विचार रोज्न आग्रह गरेका छन्।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने? तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले भनेका छन्। आचार्यले शनिबार उपसभापति पदमा उम्मेदवारी दिएका थिए।

उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

उनले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाईघ नयाँ जीवन प्रदान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

‘गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि मेरो उम्मेदवारी हो। निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो,’ उनले भनेका छन्।

यस्तो छ पत्र: