काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ता गर्न चाहनेका लागि आज (आइतबार) बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
मतदानचाहिँ सोमबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म जम्मा १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी
खुलातर्फ १०९ जना
खसआर्य ९३ जना
आदिवासी(जनजातितर्फ ८७ जना
दलिततर्फ ३९ जना
मधेसीतर्फ ३२ जना
महिलातर्फ ३१ जना
मुस्लिमतर्फ १६ जना
अपाङ्गता भएकातर्फ १६
थारुतर्फ १४ जना
अल्पसंख्यकतर्फ ६ जना
पिछडिएको क्षेत्रतर्फ २ जना
प्रदेश १ बाट १३
प्रदेश २ बाट ५
वाग्मती प्रदेशबाट ९
गण्डकी प्रदेशबाट ७
लुम्बिनी प्रदेशबाट ११
कर्णाली प्रदेशबाट ७
सुदूरपश्चिम प्रदेशबाट १२