काठमाडौं । काठमाडाैंमा इन्डियन फुड फेस्टिभल शुरु भएकाे छ ।
नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सव उद्घाटन गरेका थिए । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र भारतीय राजदूतावासको आयोजनामा आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ शुरु भएको हो ।
महोत्सवमा भारतीय सुप्रसिद्ध सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको थियो ।
कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभइ खानाको परिकारको लागि पनि परिचित छ । महोत्सवमा कश्मीरी पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदि प्रदर्शमा राखिएका छन् ।
उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूले कश्मीरको समृद्ध सम्पदा झल्काउने साँंस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
महोत्सव काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पौष ४ सम्म चल्नेछ ।