• बैशाख ९ २०८२, मंगलवार

‘महाधिवेशनमा ‘राज्यसत्ताको दुरुपयोग’ भइरहेको छ : प्रकाशमान सिंह

मंसिर २५ २०७८, शनिबार

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा सभापतिका उमेदवार प्रकाशमान सिंहले नेपालीकांग्रेसको १४ औं महाधिवेशनमा राज्यसत्ता र शक्तिको दुरुपयोग भइरहेको कुरा दोहर्याइरहेका छन् । हालका प्रधानमन्त्री तथा पार्टी सभापतिका उमेदवार शेरबहादुर देउवाप्रति संकेत गर्दै सिंहले राज्यसत्ताको दुरुपयोग भइरहेको बताएका हुन् ।

अधिवेशन हलमा राज्यसत्ताको दुरुपयोग भइरहेकाले यसका बारेमा महाधिवेशनप्रतिनिधि निकै सतर्क रहनु पर्ने उनको भनाइ छ । यसले पार्टीको आन्तरिक प्रजातान्त्रिकअभ्यासमा ठूलो बाधा उत्पन्न गरेको पनि उनको गुनासो छ ।

वृहद् प्रजातान्त्रिकअभ्यास पनि हुन नदिन यसले भूमिका खेलिरहेको प्रति उनको गम्भीर आपत्ति रहेको छ। एकपटक सत्ता र शक्तिमा पुगेपछि जीवनभर त्यसैमा निर्लिप्त भएर टाँसिइरहनु पर्नेसोच र संस्कार प्रजातान्त्रिक नभएको उनको ठहर छ ।

यसले नेपालको प्रजातान्त्रिकराजनीतिक प्रणालीमा नराम्रो विरासत निम्त्याएको उनको ठोकुवा रहेको छ ।

शनिवारमहाधिवेशनको बन्द सत्र सुरु हुनुभन्दा अगाडि आफ्नो उमेदवारीको अवधारणा पत्र सार्वजनिकगर्ने क्रममा सिंहले यी कुरा बताएका हुन् ।