काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
शुक्रबार उद्घाटन भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिको रुपममा प्रकाशमान सिंहको प्यानलबाट शर्माले महामन्त्रीको उम्मेदवारी दर्ता गरेका हुन्। कांग्रेस महाधिवेशनमा गगन थापा र मिनेन्द्र रिजालले महामन्त्रीको रुपमा मनोनयन दर्ता गरिसकेका छन्।
शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।