काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् ।
शुक्रबार उद्घाटन भएको कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिसमेत रहेका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन्।
सभापति देउवासँगै पार्टी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।
काँग्रेस सभापति देउवाले अर्को कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका हुन् । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला छन्।
प्रधानमन्त्री देउवाभन्दा अगाडि कांग्रेस सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसकेका छन्।
शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।