काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार शेखर कोइरालाको समूहले सभापतिसहितको पदाधिकारीहरुको उम्मेदवार टुंगो लगाएको छ ।
शनिबार दिउँसो बसेको बृहत छलफलले सभापतिमा शेखर कोइरालासहितको पदाधिकारीहरुको उम्मेदवार टुंगो लगाएको हो ।
छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको छ ।
सहमहामन्त्रीको उम्मेदवारतर्फ खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको बताइएको छ ।
सबै पदाधिकारीहरुको उम्मेदवार टुंग्याएपछि प्यानलसहित वाल्मिकी क्याम्पसबाट र्याली निकालेर उम्मेदवारी दर्ता गराउन लागिएको जनाएको छ ।