काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो नभएको बताएका छन् ।
शनिबार प्रेस विज्ञप्तिमार्फत वरिष्ठ नेता पौडेलले ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको बताएका हुन्।
‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ।’
नेता पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय समेत गरेको बताएका छन्। उनले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न सबैलाई अपिल गरेका छन् ।
यस्तो छ विज्ञप्ति :