• बैशाख ९ २०८२, मंगलवार

सिंहको प्यानलबाट उपसभापतिमा सुजाताको उम्मेदवारी घोषणा

मंसिर २५ २०७८, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस महाधिवेशनमा उपसभापतिको उम्मेदवारी घोषणा गरेकी छिन्।

उनले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन्। सिंहको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसलाई नयाँ नेतृत्व आवश्यक परेको र त्यसका लागि सिंह नै उपयुक्त भएको बताइन्।

‘म आफैं पनि सभापतिको उम्मेदवार हो तर कसले के गर्दोरहेछ भनेर हेरेँ’, उनले भनिन् ‘सबैभन्दा राम्रो उम्मेदवार प्रकाशमानजी लाग्यो, त्यसैले मैले उहाँको उपसभापतिका रुपमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

उनले कांग्रेस खुम्चिँदै गएको भन्दै ठूलो पार्टी बनाउनका लागि आफूहरुलाई भोट दिन अपिल गरिन्। पुराना अनुहार हेर्दा जनता कार्यकर्ता वाक्क भएको भन्दै उनले अब कांग्रेसमा नयाँ नेतृत्व आवश्यक भइसकेको बताइन्।