काठमाडौँ। नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।
गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापित गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताए ।
यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।