काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिएका हुन् ।
श्रेष्ठकाअनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ । ‘देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ,’ उनले भने ।
आज (शुक्रबार) काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन भएको कांग्रेस महाधिवेशनअन्तर्गत शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।