• बैशाख ९ २०८२, मंगलवार

न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नेपाल बारको माग

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गरेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बारको मानव अधिकार तथा जनसरोकार समितिले मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत १६ बुदे घोषणापत्र जारी गरेको छ ।

न्यायपालिकाको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको लागि संवैधानिक दायित्व बहन गर्न यो सम्मेलन नेपाल सरकार, सार्वभौम संसद एवम राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

प्रधानन्यायाधीशको बहिर्गमन समग्र न्यायपालिका सुधारको प्रथम विन्दु मात्र भएको भन्दै घोषणापत्रमा त्यसपछि पनि न्यायपालिका सुधारको अभियान जारी राख्न बार नेतृत्वलाई आग्रह गरिएको छ ।

बारको मानव अधिकार समितिले न्यायालय सुधारको आन्दोलनलाई निष्क्रिय र प्रभावहीन बनाउन विचौलिया परिचालिन भएको भन्दै त्यसप्रति सजग रहन कानून व्यवसायीहरुलाई आग्रह गरेको छ । बारको शान्तिपूर्ण आन्दोलन दबाउन आधुनिक हतियार सहितको दंगा प्रहरी सर्वोच्च अदालतमा तैनाथ भएकोमा आपत्ति जनाउदै बारले अदालतभित्र प्रवेश गरेका दंगा प्रहरीलाई तत्काल हटाउन पनि घोषणापत्रमा माग गरिएको छ ।