• बैशाख ९ २०८२, मंगलवार

जय नेपालको नारालाई देशव्यापी बनाउन आएको हुँ : गच्छदार

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले बलियो कांग्रेसलाई खुन दिन पार्टी एकता गरेको बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै जय नेपालको नारालाई देशव्यापी बनाउन आएको धारणा राख्दै आफूले थाकेर नभइ कांग्रेसलाई खुन दिन आएको बताएका हुन् ।

`ती वर्षअघि महासमिति बैठकमा दुवै नेता मिल्नुस्, गुटले कम्युनिस्टसँग जित्न सकिँदैन भनेको थिए । तर, मैले भनेको नमान्दा आजको परिणाम देखियो,´ उनले भने ।

उनले नेता कार्यकर्ताहरूलाई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । ‘अस्वस्थ प्रतिस्पर्धा नगर्नुस् । म पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन पहल गर्छु । एकताबद्ध भएर कांग्रेसमा आएको छु,’ उनले भने ।

पार्टीमा मेलमिलाप र सहमतिको वातावरण बनाउनुपर्ने गच्छदारको धारणा छ । उनले कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताएका छन् ।