काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसले डरत्रासबाट मुक्त समाज बनाउने बताएका छन्। काँग्रेसको जारी १४ औं महाअधिवेसनको उद्घाटन सत्रमा सभापतिको आसनबाट बोल्दै देउवाले यस्तो बताएका हुन्।
आफू प्रधानमन्त्री भएसंगै केपी ओलीको समयको डरत्रासको शासन हटेको धारणा व्यक्त गरेका देउवाले भने, ‘काँग्रेसको यै महाअधिवेशनले डरत्रास मुक्त समाज बनाउने गर्नुपर्छ।’
आफू नेतृत्वको सरकार नै रह्यो भने मात्र स्थानिय सरकार पनि काँग्रेसको बन्ने आस्वासन कार्यकर्तालाई दिंदै प्रधानमन्त्री देउवाले आफूलाई सहयोग गर्न पनि कार्यकर्ताहरुलाई अपिल गरे।