• बैशाख ९ २०८२, मंगलवार

आत्मसमिक्षा नगर्ने हो भने कांग्रेस सिद्धिन्छ : वरिष्ठ नेता पौडेल

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको चुनौती सामना गर्न सक्ने गरी पार्टीलाई अगाडी नबढाए कांग्रेस सिद्धिने बताएका छन् । कांग्रेसको आजदेखि काठमाडौंमा सुरु भएको चौधौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद अस्तव्यस्त रहेको यो अवस्थालाई कांग्रेसले छिचोल्न नसक्ने हो भने नयाँ परिवर्तन आएको मानिने बताए । पौडेलले आफ्नो पार्टीको महाअधिवेशन आफ्ना कमजोरीहरुको मूल्यांकन र आत्मसमिक्षा गर्ने थलो बन्नु पर्ने भन्दै नत्र अगाडी होइन पछाडी धकेलिने कुरा बताए ।

उनले यति राम्रो सिद्धान्त हुँदाहुँदै पनि कांग्रेस किन पछाडी पर्यो भन्ने कुराको आत्मसमिक्षा गर्न जरुरी रहेका जोड दिए । आफ्ना कमजोरीहरुको समिक्षा गर्नैपर्नेमा नेता पौडेलको जोड थियो ।

उनले कार्यकर्ताले नेताको र नेताले कार्यकर्ताको समिक्षा गर्ने चेतनाको विकास गर्न जरुरी भएको पनि बताए । विकृति र विकृतिबाट देशलाई मुक्त गर्नेगरी योजना बनाउनु पर्नेमा उनले जोड दिए । एक प्रसंगमा उनले निमुखालाई न्याय दिनेगरी योजना बनाउनु पर्ने भन्दै पहुँचवालाले मात्रै न्याय पाउने तर सामान्य जनताले नयाय नपाउनु लोकतन्त्रको विकृति हहो भने ।

उनले त्यसका लागि त्यसका लागि पार्टी भित्र नै लोकतन्त्र स्थापना गर्नुपर्ने बताए । कांग्रेसलाई विकृतिको थुप्रो बन्नबाट जोगाउनु पर्नेमा उनको जोड थियो । एक प्रसंगमा उनले ओली सरकारले विधिमाथी गरेको हमलालाई कांग्रेसले बचाएको दावी पनि गरे ।