• बैशाख ६ २०८२, शनिबार

राष्ट्रपतिसमक्ष पाँच मुलुकका गैह्रआवासीय राजदूतहरूद्वारा ओहोदाको प्रमाणपत्र पेश

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उनीहरूले सो प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूहरू नाइजेरियका अहमेद सुले, इथियोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।