काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा भारतीय जनता पार्टीका नेता हर्षबर्द्धनले धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको भनेर दिएको अभिव्यक्तिप्रति प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् ।