काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षा भन्ने शब्द नहुने बताएका छन्।
शुक्रबार पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै उनले धर्म स्वतन्त्र हुने बताएका हुन्।
महाधिवेशन गर्दा नेतृत्वको बारेमा मात्रै कुरा गरेको तर नीतिको बारे नबोलेको भन्दै उनले असन्तुष्टि व्यक्ति गरे । साथै उनले कृषिलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।