• बैशाख ९ २०८२, मंगलवार

कांग्रेस महाधिवेशन : बन्दसत्र आजै हुने

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ।

राजधानीको भृकुटीमण्डपमा शुक्रबार उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए ।

बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।