• बैशाख ६ २०८२, शनिबार

पूर्वराजालाई माधव नेपालको सुझाव-सके पार्टी खोल, नभए व्यापार गर

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न सुझाव दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

उनले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको स्मरण गरे । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’