जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनको मर्मअनुसार देशको शासन व्यवस्थाले काम नगरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै यादवले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रको मूल्य र मान्यताअनुसार सहमति, सहकार्यको तरिकाले राज्य सञ्चालन हुनुपर्नेमा उनको जोड रहेको थियो ।
कांग्रेसको महाधिवेशनबाट सक्षम नेतृत्व चयन होस् भन्ने उनको भनाइ रहेको थियो ।