• फाल्गुन २८ २०८२, बिहीबार

सोनिया गान्धीको शुभकामना लिएर आएको छु : मुकुल वास्निक

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा भारतीय पाहुना तथा भारतीय कांग्रेसका नेता मुकुल वास्निकले नेपाल संवैधानिक राजतन्त्रको युगबाट संघीय गणतन्त्रमा प्रवेश गरी नयाँ युगमा आएकोमा खुशी प्रकट गरे ।

मन्तव्यका क्रममा उनले सोनियाँ गान्धीको अन्तरहृदय देखिको शुभकामना नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमार्फत् सबै नेपालीलाई दिन आएको कुरा बताए ।

नेपाल भारतका बीचमा लामो समयदेखि रहेको द्विपक्षीय सम्बन्ध अहिले पनि उत्तिकै प्रगाढ रहेको बताउँदै मुकुलले यसलाई अहिलेको बदलिंदो सन्दर्भमा अझैं प्रगाढ र सजीव बनाउनु पर्ने कुरामा जोड दिए ।