काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपालका पार्टीहरु राष्ट्रियताको सवालमा कमजोर दिएको बताएका छन् ।
ठूला भनिएका पार्टीहरुले केही अरब पैसाको पछि लागेर देशको अस्मिता बेचिरहेको उनको आरोप छ । कांग्रेसको चौधौ महाधिवेशमा अतिथिको तर्फबाट बोल्दै मैनालीले यस्तो बताएका हुन् ।
देशको अस्मिता बचाउने बारेमा यो महाधिवेशनबाट कांग्रेसले नयाँ तरिकाले सोचोस् भन्ने उनको भनाइ रहेको छ । संसदले देशको हित गर्नुपर्नेमा यसलाई बन्धक बनाएर गलत गरिएको पनि उनको भनाइ रहेको छ ।
तेश्रोपटक पनि संसदीय व्यवस्थाले देशको हितमा काम गर्न नसककेको मैनालीको दावी रहेको छ । देशको स्वतन्त्रता र सार्वभौम सत्ता जागाउनका लागि कांग्रेसको ध्यान जावस् भन्नेमा मैनालीको जोड रहेको छ ।