• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेसले ल्यायाे ओली, दाहाल र नेपाललाई एउटै मञ्चमा

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका छन् ।

शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपाल सँगै देखिएका हुन् । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाएको हो  ।

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको हाे  । २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । त्यस्तै, ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।

चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएपनि प्रचण्ड भने गएका थिएनन् । एमाले महाधिवेशनमा नेपाललाई भने बोलाइएको थिएन ।