• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस महाधिवेशन : नेता र पाहुना आउने क्रम जारी

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौँ। नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौंको भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना आउने क्रम सुरू भइसकेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड सहितका नेताहरुको पुगिसकेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन् ।

दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृति कार्यक्रम सुरु गरेर औपचारिक रुपमा भने उद्घाटन भने गरिएको छैन । अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिरहेका छन् । साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ ।