काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई स्वीकार्य हुने बताएका छन्।
शुक्रबार राजधानीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले पौडेललाई सर्वसम्मत सभापतिमा समर्थन गरे आफू पछि हट्ने बताएका हुन्।
उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई समर्थन गरेको खण्डमा आफू पछि हट्ने बताए । उनले भने, ‘रामचन्द्र पौडेल सर्वसम्मत नभए मेरो उम्मेदवारी कायमै रहन्छ ।’
१३औँ महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु नै राम्रोहुने उनको भनाइ छ । सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।
यसअघि शेखर कोइरालाले पनि पौडेललको नाममा सहमति भए आफू पछि हट्ने बताएका थिए ।
आजसम्म संस्थापन पक्ष र संस्थापनइतर पक्षले प्यानल घोषणा गर्न सकेका छैनन् ।