• बैशाख ६ २०८२, शनिबार

मेक्सिकोमा ट्रक दुर्घटना : ४९ जनाको मृत्यु, ५८ घाइते

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौँ। मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान जानुकाे साथै ५८ जना गम्भीर घाइते भएका छन् ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् ।

गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए । गरिबी तथा हिंसालगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।