काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे उदघाटन गरिने काँग्रेसले जनाएको छ ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् । साथै उद्घाटन समारोहमा सहभागिताका लागि देशभरिबाट काँग्रेसका नेतारकार्यकर्ता पनि काठमाडौं आइरहेका हुन् ।।
काँग्रेसको नेतृत्वमा पुग्न यतिबेला उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न पनि सुरु गरिसकेका छन् । आज उद्घाटन गरिने काँग्रेसको महाधिवेशन भोलि शनिबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ ।
महाधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको काँग्रेसले जनाएको छ ।