• बैशाख ६ २०८२, शनिबार

नेपाल भूकम्पको विनाशलाई अवसरमा बदल्न सफल रहेको प्रधानमन्त्री देउवाको दाबी

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भूकम्पको विनाशलाई अवसरमा बदल्न सफल रहेको बताएका छन् ।

नेपालको पुनःनिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ समापन समारोहलाई विहीबार राजधानीमा सम्बोधन गर्दै उनले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनःनिर्माणसम्म मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायको महत्वपूर्ण सहयोग रहेको जनाउदै नेपालले सफलता पाएको बताएका हुन् ।

भूकम्पपछिको पुनःनिर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको बताए । अझ राम्रो र बलियो पुनःनिर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

“विनाशकारी भूकम्पको छ वर्षपछि पुनःनिर्माण र पुनःस्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ, भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौँ”, उनले भने।