• बैशाख ६ २०८२, शनिबार

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल प्रयोग नगरेको प्रष्टोक्ती

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल प्रयोग नगरेको प्रष्टोक्ती दिइएको छ ।

शाहको नामबाट फेसबुक, ट्वीटरमा विभिन्न धारणाहरु सार्वजनिक भइरहेका बेला निर्मल निवासले भने पूर्वराजा तथा पूर्वयुवराज्ञीले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाएको हो ।

संवाद सचिवालयका फणिराज पाठकले विहीबार दुई छुट्टाछुट्टै सूचना जारी गर्दै पूर्वराजा र पूर्वयुवराज्ञीले फेसबुक र ट्वीटर नचलउने गरेको प्रष्ट पारेका छन् ।

राप्रपाको महाधिवेशनमा कमल थापा अध्यक्षमा पराजित भएपछि पूर्वराजाको फेक ट्वीटरमेन्सन गर्दै ट्वीट गरेर आफूलाई निर्मल निवासले हराएको आरोप लगाएका थिए । त्यसपछि हिमानी , पारश शाहलगायतका नामका फेक फेसबुक तथा ट्वीटर एकाउण्टबाट विभिन्न पोस्टहरु भइरहेका छन् ।