• बैशाख ९ २०८२, मंगलवार

कांग्रेस १४ औं महाधिवेशनमा पेश गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । काठमाडौंमा शुक्रबारबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेश गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

भोलि शुक्रबार शुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिष्कार गरेका थिए ।