• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठकबाट तीन प्रस्ताव पारित

मंसिर २३ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा पेश गरिने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ। पार्टी मुख्यालयमा सानेपामा बिहीबार दिउँसो बसेको कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी प्रतिवेदन पारित गरेको हो

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन पेश गरेका थिए। त्यसलाई केही सुझावसहित पारित गरिएको जनाइएको छ।

कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको लेखासम्बन्धी प्रतिवेदन पनि बैठकमा पारित भएको छ। यादवले पेश गरेको प्रतिवेदनमा पार्टीमा अहिले १० करोडभन्दा बढी रकम कोषमा बचत रहेको उल्लेख छ।

यस्तै बैठकले नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरेको छ।

उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।