• मंसिर १३ २०८१, बिहीबार

आकाशिंदै रासायनिक मलको भाउ

मंसिर २३ २०७८, बिहीबार

काठमाडौं । अबका केही दिनभित्रै रासायनिक मलको भाउ आकासिने भएको छ । बमौसमी वर्षाका कारण धान बाली नष्ट भएपछि ठूलो संकटमा परेका नेपाली किसान अब रासायनिक मलको महंगाइको मारमा पर्ने भएका हुन् ।

अहिले रासायनिक मलको भाउ अमेरिका तथा युरोपमा लगभग ३० प्रतिशतका दरले महंगो भैसकेको छ । त्यहाँका किसान तथा कृषि जमिन्दारहरुले यसका विरुद्धमा आवाज उठाए पनि यसका बारेमा त्यहाँका सरकारहरु मौन देखिएका छन् ।

यसअघि प्रतिक्विन्टल ९९७ डलर रहेको रासायनिक मलको मूल्य अहिले १११७ डलर पुगिसकेको छ । यसको मार अब मध्यम तथा गरीब देशहरुमा पनि पुग्ने भएको छ । भारतीय मुद्राका उतार चढाबका कारण स्थिर विनिमय कायम गरेको नेपालमा पनि रासायनिक मलको मूल्यमा निकै ठूलो बढोत्तरी हुने देखिएको छ ।

यसका बारेमा नेपाल सरकारले कुनै पनि तयारी र गृहकार्य गरिरहेको छैन । यस्तो संकटपूर्ण अवस्थाको आगमनका बारेमा नेपाली किसान अनविज्ञ छन् । सम्बन्धित मन्त्रालय र विभागहरु पनि सतर्क देखिएका छैनन् ।