• असार २५ २०८१, सोमबार

घोराहीमा चल्यो भुइँमा फोहोर फाल्नै नपाइने अभियान

मंसिर २३ २०७८, बिहीबार

घोराही, २३ मंसिर ।
सुर्ती, पुकार, चाउचाउ र बिस्कुट लगायतका खोस्टाहरु भुइँमा फाल्नै नपाउने गरी घोराहीमा अभियान चल्ने भएको छ । घोराही उपमहानगरपालिकाले फोहोर शून्य अभियान शुरु गरेको हो ।

त्यसका लागि १९ वटै वडाका सदस्यहरुलाई फोहोरको वर्गिकरण र व्यवस्थापनको तरिका सिकाइएको छ । सदस्यहरुले टोलटोलमा पुगेर पूर्ण सरसफाइ अभियानको सहजीकरण गर्ने भएका छन् । उनीहरुले जनतालाई फोहोरको मूल्य सिकाउने छन् । फोहोर बेचेर केहि कमाई गर्न सकिन्छ भन्ने विश्वास दिलाउने छन् । त्यसका लागि पहिलो चरणमा टोलका अगुवाहरुको बैठक गरिने छ ।

‘फोहोर शून्य भनेको गल्ने लयाण्डफिल साईट, नगल्ने घोराही उपमहानगरपालिकालाई बेच्ने हो’ कार्यक्रमका प्रमुख अतिथि उपमेयर सिता न्यौपानेले भन्नुभयो, पूर्ण सरसफाइ नगरेसम्म कुनै पनि अभियान हुँदैनन् ।’ उहाँले आफूले सिकेको कुरा वडामा पुगि व्यवहारमा परिवर्तन गर्न आग्रह गर्नुभयो । घोराहीले करौंतीडाँडाको ल्याण्डफिल साइटमा बायोग्याँस उत्पादन गर्न लागेकोे बताउनुभयो । नगल्ने फोहोर घोराही नपाले किन्ने भएकाले जथाभावी नफाल्न आग्रह पनि गर्नुभयो ।

आफ्नो गाउँटोलमा गाडी भरिनेगरी फोहोर जम्मा गरेपछि सरसफाइ व्यवस्थापन शाखामा खबर गर्न वातवारण विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले आग्रह गर्नुभयो । उहाँले सबै वडामा फोहोर खरिद्ने दरभाऊ पढाइएको जानकारी दिनुभयो । त्यसै अनुरुप फोहोर बेच्न उत्पे्ररित गर्न वडा सदस्यहरुलाई आग्रह गर्नुभयो । अलगअलग भाँडामा राखेको सबै फोहोर घोराही उपमहानगरले किन्ने घोराही १४ का अध्यक्ष समेत रहनुभएको डाँगीको भनाई थियो । सुर्ती, पुकार, चाउचाउ, बच्चाका खाजा, तिखा र धारिला वस्तु, सिसा, कपडा हरेक वस्तुको फरक मूल्य छ । कसैले, कतैपनि कुनै किसिमको फोहोर फाल्न पाउने छैन ।

दैनिक ३० हजार केजि गल्ने फोहोर व्यवस्थापन गर्ने प्लान्ट तयार हुँदै गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सिडिई युवराज पौडेलको भनाई थियो । उहाँका अनुसार केहि महिनापछि चालुमा आउने प्लान्टले दैनिक १५ सिलिन्डरसम्म खाना पकाउने ग्याँस उत्पादन गर्नेछ । घोराहीका सबै वडाको फोहोर संकलन गर्दा पनि प्लान्टलाई अपुग हुने देखिएको छ । यसरी गल्ने फोहोर व्यवस्थापन गर्न उद्योग स्थापना गरिएकाले सजिलो हुने भनाई थियो ।

सुर्ती, गुट्खा, चाउचाउ, बिस्कुट, बच्चाले खाने अनेक खाजाका खोलहरु भुइँमा फाल्नै नहुने सहजकर्ता कृष्ण भण्डारीको भनाई थियो । उहाँले दश रुपैयाँको खोल फाल्नेलाई सय रुपैयाँ जरीवाना गरे आफै चेत्ने बताउनुभयो । फोहोर गर्नेलाई दण्ड सजाय गर्ने निति निर्माण गर्न आग्रह गर्नुभयो । पहिलो वर्ष सबै घरमा पुगेर वर्गीकरण गर्न सिकाउने, दोस्रो वर्ष मलाई फोहोर बेच्न पाइन भन्ने बनाउने, तेस्रो वर्ष उद्योगहरु स्थापना गर्ने, चौथोमा फोहोर शून्य क्षेत्र घोषणको तयारी र पाँचौ वर्षदेखि शून्य फोहोर क्षेत्र घोषणाका कार्याक्रम गरिने उहाँको भनाइ थियो । कार्यक्रम लागु भएको पाँच वर्षमा घोराही उपमहानगरपालिका शून्य फोहोर घोषणा हुने छ । त्यसका लागि सबैले मेरै स्वास्थ्य र सुन्दरताका लागि हो भनी अभियानलाई अपनत्व लिनुपर्ने छ । आफ्नो घर आँगन, गाउँटोल शून्य फोहोर क्षेत्र घोषणामा लाग्नुपर्ने छ ।

खोलामा फोहोर फाल्दा फाल्दैको प्रमाण सहित फेला पार्दा पनि घोराही उपमहानगरपालिकाले कार्वाही नगरेको, विकट पहाडी बस्तीमा शौचालय नभएको, सरकारी कार्यालय र त्यसका आसपास सबैभन्दा फोहोर देखिएको, फोहोर बेच्ने दरभाऊ वडामा नपठाएको, बजारमा बासी दाल तरकारी तथा खाजा नास्ता खुवाउनेलाई कार्वाही नगरेको वडा सदस्यहरुले गुणासो गरेका थिए । उनीहरुले माथिल्लो स्तरकालाई लुकाउने तलकालाई थर्काउने विधि नअपनाउन सुझाव दिए । सरसफाइ अभियानमा लागेकालाई प्रोत्साहन र फोहोरीलाई हतोत्साहित बनाउन आग्रह गरे । उस्तै कुरा, उनै व्यक्तिलाई पल्टैपल्ट सुनाएर समय खेर नफाल्न सुझाव दिए । दशवटा सुर्तीका पोका दिए एउटा सित्तैमा जस्ता आकर्षक कार्याक्रम ल्याउन आग्रह गरे । हरेक पसललाई फोहोर फिर्ता ल्याइदिनु होला भन्ने वातावरण बनाउन सुझए ।

फोहोर फाल्दै गरेको भेटिए तत्काल रोक्ने घोराही उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीको भनाई थियो । ठूलै मात्रामा फोहोर कतै बगाउन वा जंगलमा फाल्न लागेको सूचना पाए अन्द स्पोर्ट कार्वाही गरिने बताउनु भयो । गाडी पठाउने, कर तिराउने र खर्च बढाउने उल्टोबाट छोडेको उहाँको भनाई थियो । उहाँका अनुसार अब गाडी हर्न बजाउँदै घरघर फोहोर माग्न होइन किन्न जानेछ । फोहोर बेच्ने र पैसा कमाउने सहि बाटोमा नगरबासीलाई हिडाउँदैछ । यस अभियानलाई सबै रुपमा सहयोग गर्ने नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले प्रतिवद्धता जनाउनु भएको थियो । लेखेर, व्यंग्य गरेर अनेक तरहले फोहोरीलाई सचेत र सफा बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।