• फाल्गुन २८ २०८२, बिहीबार

लमजुङमा जिप र्दुघटना : तीन जनाको मृत्य, छ घाइते

मंसिर २३ २०७८, बिहीबार

लमजुङ। लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार बिहान साँढे १० बजेतिर दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए । उनका अनुसार तीन जनाको घटनास्थलमा मृत्यु भएपनि पहिचान हुँन बाँकी छ । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । जिपले च्यापिएको अवस्थाको शव निकाल्ने काम भइरहेको छ । घाइते छ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ पठाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिपमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन ।