काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।
विहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
राष्ट्रिय सम्मेलन अन्तर्गत माओवादीले वडा र स्थानीय तहको सम्मेलन गरिसकेको छ। मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।