काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्ना ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । जसमध्ये पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसदीय विभागका प्रमुख र स्कुल विभागका इन्चार्ज बनेका छन् ।
स्कुल विभाग प्रमुखको जिम्मेवारी भने नेता गिरिराजमणि पोखरेलले पाएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागका प्रमुख, अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मालाई संगठन विभागका प्रमुख तथा नेता वर्षमान पुनले अर्थ तथा योजना विभागका प्रमुख बनाइएको छ ।
यसैगरी पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । केही बाहेक हरेक विभाग प्रमुख–उपप्रमुखसहित ३५ सदस्यीय बनाइएको छ । स्कुल विभागमा भने इन्चार्ज पनि तोकिएको हो ।
हेर्नुहोस् सूची :