अनि पो बन्छ देश,
जहाँका दिदीबहिनीहरु
पन्ध्र सोह्रको उमेरमा
खेल्दै गरेका होऊन सैन्य परेड
गाजलको साटो आँखामा
पोत्दै गरेका होऊन विद्रोह
लालिको साटो ओठमा
रङ्ग्याउँदै गरेका होऊन क्रान्ति ।
जहाँका दाजुभाईहरु
मदिराको साटो पिउँदै गरेका होऊन् आगो
चपाउँदै गरेका होऊन् उल्झन
कोर्दै गरेका होऊन् स्वाधीन देशको प्रारुप
रातो कफन बाँधेर ।
छोरीको टिकटक भाइरल अन्तिम लक्ष्य
डिभी र पिआर ज्वाइँ बाबुको अन्तिम लक्ष्य
छोरो हरियो पासपोर्ट अन्तिम लक्ष्य
कसरी बन्छ देश ?
त्यसकारण जोस भर युवा साहसमा
होस भर युवा चेतनामा
युवाहरुले जोस भरेरै हो दुनियाँ बदल्ने
युवाहरुले होस भरेरै हो युग बदल्ने
नत्र हामी हामी कहिँ पुग्दैनौं
उहि गोलचक्कर
उहि फन्का,
किन कि
हामी वैज्ञानिक समाजवादसम्म पुग्नु छ
त्यसकारण अब संवेदनशील बनौं
सोच बदलौं
युग बदलौं ।
–२०७८-०८-१७ ।