• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना पुष्टि, २ को मृत्यु

मंसिर २२ २०७८, बुधबार

काठमाडौं । देशभर थप २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी जम्मा २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् ।