काठमाडौं । विद्यार्थीका हत्यामा संलग्न रहेको आरोपमा बंगलादेशमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताए ।
अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताए । –एएफपी