• बैशाख ४ २०८२, बिहीबार

सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटनापछि मोदीले बोलाए आकस्मिक बैठक

मंसिर २२ २०७८, बुधबार

काठमाडौं । भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको भारतीय सेनाको हेलिकोप्टर दुर्घटना पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए । यसपछि मोदीले आपतकालीन बैठक बोलाएका हुन् । सीडीएस विपिन रावतलाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताइएको छ ।

वायुसेनाले दुर्घटनाको कारण थाहा पाउन छानबिन गर्न आदेश दिइएको छ । घटनास्थलबाट चारजनाको शव फेला परेको छ । घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

चिफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए । दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो । यसमा दुईवटा इन्जिन छन् ।

हेलिकोप्टरमा को-को थिए सवार ?