• मंसिर १३ २०८१, बिहीबार

आज सबै विदेशी मुद्राको विनिमयदर बढ्यो (सूचीसहित)

मंसिर २१ २०७८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद १२० रुपैयाँ ३८ पैसा र विक्रीदर १२० रुपैयाँ ९८ पैसा तोकेको छ ।

यूरोपियन यूरो एकको खरिददर ​ १३६ रुपैयाँ ०३ पैसा र विक्रीदर १३६ रुपैयाँ ७१ पैसा रहेको छ । एक कतारी रियाल खरिदका लागि नेपाली ३३ रुपैयाँ ०६ पैसा रहेको छ ।

साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ६० पैसा र विक्रीदर ८५ रुपैयाँ ०२ पैसा रहेको छ ।

यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५२ पैसा, सिंगापुर डलर एकको खरिदर ८७ रुपैयाँ ९२ पैसा र विक्रीदर ८८ रुपैयाँ ३६ पैसा, जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ६३ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै सबै भन्दा महँगो पैसा कुवेतको दिनार रहेको छ । जसको एकको खरिददर ३९७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ७७ पैसा रहेको छ ।