• बैशाख ५ २०८२, शुक्रबार

फोनिज काठमाडौं शाखाको अधिवेशन सम्पन्न,नयाँ अध्यक्षमा शैलेस डंगोल चयन

मंसिर २० २०७८, सोमबार

काठमाडौं । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङमा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । राजेन्द्र मानन्धर, उदेन मानन्धर, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिक बहादुर श्रेष्ठ, नाम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठ चयन भएका हुन् ।

जिल्ला अधिवेशन बाटै संघिय महाधिवेशका लागि ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएको छ । सुन्दर भक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्न काजी महर्जन, यशोदा भुजेल, राम मगर र राज्यलक्ष्मी शाक्य संघिय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उप मेयर हरिप्रभा खड्गीले आदिवासी जनजातिहरुको साझा मुद्दा  र संरक्षण आदिवासी जनजाति पत्रकारहरुले गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै फोनिज संघिय कोषाध्यक्ष अमरध्वज लामाले आदीवासी जनजाति पत्रकारहरु आफ्नो व्यक्तित्व विकासमा लाग्नुपर्ने र व्यवसायिक पत्रकारितासँगै आदिवासीका सवालहरुमा केन्द्रित हुनुपर्ने बताए ।

अध्यक्ष मण्डलका संयोजक समेत रहेका फोनिज बागतीका ईन्चार्ज समीर बलामीले पछिल्लो समय फोनिज शाखाहरु निश्क्रिय रहेको भन्दै सक्रिय हुन निर्देशन दिए । फोनिजले फोनिजकर्मीलाई क्षमता विकाससँगै व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए ।