काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।
अनेरास्ववियुले आज काठमाडौंमा आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उहाँले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख उल्लेख गरे ।
जबसम्म पार्टी रुपान्तरण हुन सक्दैन तबसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । चितवन महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको बताउदै भने – “एमाले जनता र कार्यकर्तामा भिजेको पार्टी हो” ।