काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सभापति बनेपछि आज (सोमबार) पहिलो पटक केन्द्रीय कार्यालय जाने भएका छन् ।
देउवा १४ औँ महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन कार्यालय जान लागेका हुन् ।
बैठक सोमबार दिउँसो साढे चार बजे बस्दै छ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् ।
सोमबार अपराह्न साढे ४ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
देउवा पछिल्लो पटक प्रधानमन्त्री भएपछि केन्द्रीय कार्यालय गएका छैनन् । उनी गत असार २९ गते पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।