• मंसिर ११ २०८१, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रका सकार र नकार

मंसिर २० २०७८, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ र युवा पुस्ता आएको छ । अध्यक्ष लिङदेनले १८१७ मत लिएर तात्कालीन कमल थापालाई पराजित गरेका छन् । थापाले मात्र १६१८ मत प्राप्त गरेका थिए । उनीहरुको बीचमा १९९ मतान्तर थियो ।
राप्रपाको एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयनभएसँगै यसले पार्टीलाई कसरी हाँकेर लैजान्छ भन्ने प्रश्न जन्मिएको छ । यसका लागि महाधिवेशनसँगै जन्मिएका सकार र नकार पक्षहरुलााई गम्भीरताका साथ केलाइनु जरुरी छ ।

पुस्तान्तरणका कुरा :

राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्र स्थापना भएपछिको नयाँ पार्टी तर ढालिएको पञ्चायती व्यवस्थाको पृष्ठभूमि भएका नेताहरुले नेतृत्व गरेको पार्टी हो । यो पार्टीको आइतवार काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन गएको छ ।

निर्वाचित नयाँ नेतृत्व नेतृत्व हस्तान्तरणका हिसाबले पनि नयाँ छ । अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्व नयाँ पुस्ताको नेतृत्व हो । यसले एकपटक नेतृत्वमा गएपछि बिर्ताका रुपमा जीवनभर पार्टी र अधिकार भोग गर्ने परम्पराको अन्त्य गरेको छ ।
अचम्मको कुरा त के पनि भएको छ भने आफूलाई गणतान्त्रिक र प्रजातान्त्रिक भन्ने पार्टीहरुमा नेताहरुले दशकौं राज गरिरहेका र युवाहरुले चर्को रुपमा नेतृत्व हस्तान्तरणको माग गरिरहेका बेला राप्रपाले यसको नेतृत्व गर्न पुगेको छ । यो संयोग मात्र हो वा वास्तविकता त्यो भने व्यवहारतः हेर्न बाँकी छ ।

तर राप्रपाले नेतृत्व युवा पुस्तामा हस्तान्तरणको बाजी मार्नुले गणतान्त्रिक र लोकतान्त्रिक भनेर नथाक्ने दलहरुलाई पसिना काढ्ने गरी लाज र शरमको भारी बोकाएको छ । समय क्रमका हिसाबले यी पार्टीहरु राप्रपाको यो मार्गलाई पछ्याउन बाध्य हुने छन् ।

एकछत्र बिर्ताको अन्त्य :

नेपाली राजनीतिमा एकपटक सत्तामा पुगेपछि सधैंका लागि एकछत्र राज कायम गरी पार्टीलाई बिर्ता झैं उपभोग गर्ने परिपाटीको अन्त्य गर्न एक झट्का दिएको छ । गणतान्त्रिक भनिने पार्टीहरुमा २००७ सालदेखि नै यसको गन्ध र व्यवहार देखिदै आएको छ ।

यो बिर्तावाल राजनीतिक संस्कारको अन्त्य राप्रपाबाट हुन गएको छ । त्यसो त नेपालमा बिर्ताको अन्त्य गरेर जनमुखी शासनको सुरुआत पनि राजाबाट भएको थियो, जो परिकल्पनाभन्दा बाहिरको कुरा हो ।

वैकल्पिक शक्तिमा दावा :

राप्रपाले आफूलाई देशको वैकल्पिक तथा मूल राजनीतिक शक्तिका रुपमा उभ्याउन प्रयास गरिरहेको नव निर्वाचित अध्यक्ष लिङदेनले दावा गरिरहेका छन् । यसका लागि वर्तमान राजनीतिक शक्तिहरुले आफूलाई प्रजातान्त्रीकरण र लोकतान्त्रीकरण गर्न नसकिरहेको कमजोरीलाई राप्रपाले पछ्याउन र आफ्नो पार्टीमा अवलम्बन गर्न सक्नु पर्छ ।
अहिले नेपाली कांग्रेस र एमाले अनि माओवादी केन्द्रजस्ता दलहरु सबै एकै खालका देखिएका छन् । यिनीहरुमा कि त एउटै नेता वा बूढोतानाको नेतृत्व पंक्तिले कैयौं दशकदेखि एकछत्र राजगर्दै आएको छ । यसमा पनि पार्टीको सर्वेसर्वा पनि आफै र संसदीय दलको नेता पनि आफै र सरकारमा पनि आफै रहने गरेको अलोकतान्त्रिक र विकृतिपूर्ण राजनीतिक संस्कारले छोपिएको छ । आफूलाई साच्चिकै वैकल्पिक र लोकतान्त्रिक बनाउने हो भने यो विरासतको ‘बिर्तारुपी’ भारी नबोकोस् ।

एक ढिक्का हुने चुनौती :

महाधिवेशन चुनावका मुखैमा पुरानो पुस्ताका अध्यक्ष त्रय कल थापा, पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनीले स्वस्थ प्रतिस्पर्धामा जाने र आएको मत परिणामलाई स्वीकार गरी पार्टीलाई एक ढिक्का बनाएर लैजाने वचनबद्धता जाहेर गरेका थिए । नेता त्रयले यसलाई व्यवहारमा उतार्न सक्छन् वा सक्दैनन् अझै हेर्न बाँकी छ ।

पूर्वराजाप्रति आरोप :

महाधिवेशनमा पराजय बेहोर्ने बित्तिकै निवर्तमान अध्यक्ष बन्न पुगेका कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका कारण आफूले पराजय बेहोर्न पुगेको कुरा तीब्र असन्तुष्टिका रुपमा सार्वजनिक गरे । यसलाई नेपाली राजनीतिमा आन्तरिक शक्तिको चलखेलका रुपमा अर्थ्याइयो ।

नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता पार्टीहरुले ‘पूर्वराजाले चलखेल गर्न खोजेको’ कुरा त बारम्बार भन्ने गरिरहेका छन् । यतिसम्म कि आफूहरुको असक्षमता वा ढंग नपुगेर वा लोभलालचका कारण वा जानीजानी गरेका गल्ती छोप्नका लागि पनि लाज नै पचाएर ‘पूर्व राजाले खेल्न खोजेको’ आरोप लगाउने गरिरहेका छन् ।

यो मात्र होइन, कहिले भारतले, कहिले चीनले त कहिले अमेरिकाले खेल्न खोजिरहेको भन्दै यी ठूला राजनीतिक दलहरुले आफ्ना असक्षमता र लाचारी व्यक्त गरिरहने गरेका छन् ।

तर दशकौंदेखि राजसंस्था बोक्दै आएका कमल थापाले राजाले खेलेको भनेर बोलेपछि यो भने आमजनतासम्म सबैका लागि आश्चर्यको विषय बनिरहेको छ ।

पुनर्जागरण अभियानको सोच :

राप्रपाले देशव्यापी पुनर्जागरण अभियान चलाउने सोच बनाएको छ । यो नेपालका लागि नौलो पनि हो । तर राप्रपाको ‘पुनर्जारण’ अभियानलाई धेरै मानिसहरुले ‘पुनस्र्थापना’का रुपमा पनि अथ्र्याउने गर्न थालेका छन् । जब कि पुनर्जागरण र पुनस्र्थापना निकै भिन्न अर्थ दिने र भिन्न परिवेश बोकेका शब्दहरु हुन् ।

पुनर्जागरण अंग्रेजीमा ‘रिनासाँ’ हो, तर पुनस्र्थापना चाहिं ‘रिस्टोरेशन’ हो । राप्रपाले भनेको रानासाँ वा पुनर्जागरण इतिहासमा भए गरिएका काम र तिनले दिएका अजम्मरी ज्ञानको भण्डारसम्म पुग्ने खोज हो ।

यहाँ यसलाई रिस्टोरेशन वा पुनस्र्थापनाको अर्थमा लिएर राजा पुनस्र्थापन गर्न खोज्दै छन् भन्ने अर्थ लगाएका छन् । यसको बारेमा रापप्राले अवधारणा क्लियर बनाएर जनतासामु जानु पर्ने विश्लेषकहरुको राय छ ।

सडक र सदनको उचित प्रयोग :

आफ्ना एजेण्डाहरुलाई स्थापित गर्न राप्रपा सडक र सदन दुवैतिरबाट अघि बढ्नु पर्ने राप्रपा निकट राजनीतिक विश्लेषकहरुको माग छ । तर पार्टीले के कस्तो धारणा बनाएको छ, सोको जानकारी नपाएको गुनासो समेत उनीहरुमा छ ।
कतै राप्रपाभित्रै यी कुराहरुमा बेमेल र खिचलो त छैन भन्ने चर्चा पनि चलिरहेको भेटिन्छ । राप्रपाको साख गिरिरहेका बेला यसले मात्र राप्रपालाई वैकल्पिक शक्तिका रुपमा ल्याउन मद्दत गर्ने देखिन्छ ।

संस्थापन र इतरपक्षको संभावना :

नेपाली राजनीतिमा संस्थापन र इतर पक्ष रहँदै आएको बिरासत विगतदेखि कायमै छ । राप्रपामा यो विरासत रहेमा यसले आफ्ना प्रतिद्वन्द्वीहरुलाई पार्टी बाहिर खोजिरहनु पर्दैन ।
पार्टी वैचारिक बनेन भने यो समस्या स्वतः आउने देखिएको छ ।

युवा नेताको क्षमता पहिचान :

राप्रपामा नयाँ पुस्ताको आगमनपछि यसको सक्षमताको पहिचान र प्रयोग व्यवहारमा आउने वातावरण बनेको छ ।
यस कुरालाई नयाँ पुस्ताले कसरी व्यवस्थापन गरेर देखाउने हो यो हेर्न बाँकी छ । सिंगो राप्रपा र नयाँ पुस्ताले दिएको नारा कार्यान्वयमा हेर्न पनि बाँकी छ ।

हिन्दु राजा र हिन्दु राज्य ‘भारतले चाहेको एजेण्डा’ :

राप्रपा नेपाली भूमिमा जन्मिएको र अरु पार्टी विदेशी भूमिमा जन्मिएको भनेर राप्रपाले बारम्बार दोहर्याउने गरे पनि हिन्दु राज्य र हिन्दु राजाको नारामा भारतले ‘ब्याकिङ’ गरिरहेको गम्भीर आरोप राप्रपामाथि छ । यसले कसरी मुख्य एजेण्डाका रुपमा रहेको यी कुराहरुको स्पष्टीकरण दिन सक्छ । यो भने व्यवहारमा हेर्न बाँकी छ ।